१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

सत्ता गठबन्धनको बैठक, लगत्तै मन्त्रिपरिषद् बस्ने


३१ असार २०७९, शुक्रबार  

7
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सरकारले आज शुक्बार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।

हिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ३२ बजे