काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टिका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ लाई किरात नामाकरण गर्न पार्टीका नेताहरुसँग सल्लाह गर्ने बताएका छन् ।
आदिवासी किरात महासंघको ज्ञापनपत्र लिदै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरणमा सकारात्मक रहेको भन्दै नेताहरुसँग छलफल गर्ने बताएका हुन् । नेपालको संघीय संरचनामा अन्य प्रदेशहरुको नामाकरण भैसकेता पनि प्रदेश नं १ को नामाकरण नभएको हुदा अब नामाकरण गरिदा महासंघले प्रदेश नं १ प्राचिन इतिहासमै किरात भूमि, किरात सभ्यता, किरात संस्कृति र किरात महाजाति रहेको हुदा यसै आधारमा किरात प्रदेश नामाकरण गरिनु पर्ने ३ बुदे माग राखेको छ ।
आदिवासी किरात महासंघका विशिष्ठ सल्लाहाकार पृथ्वीराज बान्तावाले विगतमा आ.ई एल ओ अभिसन्धी पारित गर्न अहम भूमिका खेलेका अध्यक्ष नेपाललाई प्रदेश १ को ऐतिहासिक नामाकरण गर्न अहम भूमिका निभाउन पनि आग्रह गरे । किरात महासंघले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस अघिनै ज्ञापन पत्र बुझाई सकेको छ ।