जङ्गली च्याउ खाँदा १ बालकको मृत्यु, ४ जना बिरामी !

Facebook Debugger

डडेल्धुरा । डडेल्धुरामा जङ्गली च्याउ खाँदा १ बालकको मृत्यु भएको छ । अन्य ४ बिरामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र ३ दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार