कोरोना भाइरसको महामारी अहिलेसम्मकै गम्भीर र आपत्कालीन संकट : डब्ल्युएचओ

Facebook Debugger

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट भएको चेतावनी दिएको छ ।

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओले उक्त चेतावनी दिएको हो ।

विश्वभर जनवरी ३० मा स्वास्थ्य आपतकालको घोषणा गर्दा चीनबाहिर एकसय जनामा पनि कोरोना संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले स्मरण गराएको छ ।

तर, यो अवधिमा मृतक मात्रै ६ लाख ५० नाघ्नु र संक्रमित संख्या १ करोड ६६ लाखभन्दा बढी पुग्नुले खराब अवस्थालाई चित्रित गरेको डब्ल्युएचओका प्रमुख डा.टेड्रोस अडानोम गेबेरियससले बताए ।

‘कोरोनाले संसारलाई परिवर्तन गराइदिएको छ । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई नै एकसाथ अलग्याईदिएको छ,’ डा.गेबेरियससले भने, ‘पछिल्लो ६ हप्तामा त अझ संक्रमित संख्या दोब्बरले बढेको छ, जुन चिन्ताको विषय हो ।’

जेनेभामा सोमबार प्रेस ब्रिफिङका क्रममा गबेरियससले लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिन उपाय नभए पनि मास्कको प्रयोगसँगै सरसफाइ र सेनिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे ।

यसअघि जिका भाइरस, स्वाइन फ्लू, पोलियो र इबोलामा पनि स्वास्थ्य संकटकाल लगाइएको भए पनि यो स्तरको नभएको ठहर गरेको उसले यसबारे यसै साता आपत्कालिन समितिले समिक्षा गर्न लागेकोसमेत उनले जानकारी दिए ।

यसैबीच अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट संक्रमित हुने उनी अहिलेसम्मका सबैभन्दा शीर्ष अमेरिकी अधिकारी हुन् ।

कोरोना संक्रमणको ‘हटस्पट’ अहिले अमेरिका छ । विश्वभरका कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत अमेरिकामा छन् ।

हङकङमा दैनिक संक्रमण उच्च भएको छ । स्थिति बिग्रँदै गएपछि त्यहाँ लकडाउन कडाइका साथ लागू गरिएको छ ।

स्पेनमा कोरोना संक्रमण फेरि बल्झिएको छ । यद्यपि, उसले पर्यटकका लागि स्पेन सुरक्षित रहेको दाबी गरेको छ । बेलायतले स्पेनबाट फर्कनेका लागि १४ दिनको क्वारेन्टिन अनिवार्य गरिदिएको छ । यसले स्पेनको पर्यटन उद्योगलाई असर पर्ने देखिएको छ ।

कोरोनाबाट अहिलेसम्म बचिरहेको दाबी गर्दै आएको उत्तर कोरियामा पनि पहिलो संक्रमण देखिसकेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार