‘मेरै कार्यकालमा खुम्बुमा सडक पुर्याउँछु,’ : सांसद राई

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधी सभाका सदस्य हेमकुमार राई ‘सुरवीर’ले आफ्नै कार्यकालमा खुम्बु क्षेत्रमा सडक पुर्याउने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।

भौतिक तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, सचिव र सडक विभागका महानिर्देशकसँग विशेष भेटघाटमा सांसद राईले आफ्नै कार्यकालमा सगरमाथा क्षेत्रमा सडक पुर्याउन सडकलाई दुई खण्डमा काम गर्नुपर्ने प्रस्ताव गरेका हुन् । मिर्चैया-कटारी-घुर्मी-सल्लेरीहुँदै खुम्बु जोड्ने राष्ट्रिय गौरवको आयोजनालाई दुई खण्ड बनाएर सडक निर्माण गर्दा खुम्बु क्षेत्रमा चाँडै सडकमार्ग पुर्याउन सकिने मन्त्री नेम्बाङ समक्ष प्रस्ताव गर्नुभएको हो ।

सगरमाथा क्षेत्रमा सडक पुर्याए सोलुखुम्बु जिल्लालाई मात्रै होइन समग्र देशलाई नै फाईदा हुने भन्दै सांसद राईले मन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटकहरुले अहिले हवाई मार्गलाई नै पहिलो विकल्पको रुपमा रोज्ने गरेका छन् । यदि १/२ वर्षभित्रै सडक मार्ग पुर्याउन सके प्रत्येक वर्ष लाखौं पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गर्न सक्ने पनि सांसद राईले बताउनु भयो ।

यसैबीच सोलुखुम्बु जिल्लाको भौतिक पूर्वाधारको क्षेत्रमा भैरहेको काम र आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटको बारेमा समेत मन्त्रीसँग छलफल गर्नु भएको छ । त्यसैगरी स्वर्ण सगरमाथा (गोल्डेन ट्रयाङ्गुलर), नेले-देउसा-सोताङ-महाकुलुङ-साल्पा भञ्ज्याङ, तिङ्ला-सल्यान-नेचा, सल्लेरी-सेलगुडि डाँडा-काँकु बासा-जुभिङ-लुक्लालगाएतका सडक खण्डको विषयमा पनि राईले छलफल गर्नु भएको छ ।

मन्त्री नेम्वाङले निर्माणाधीन आयोजना र सडक खण्डहरूको कामलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विशेष छलफलमा छिमेकी जिल्ला ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, खुम्बु पासाङल्हामु गाउँपालिका कार्यवहाक अध्यक्ष टासील्हामु शेर्पा, प्रवत्ता लाक्पाछिरी शेर्पा लगाएत जनप्रतिनिधिको उपस्थिति थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार