बेलायतले निकाल्ने भयो गोर्खाको तस्वीर अङ्कित सिक्का

Facebook Debugger

काठमाडौँ । बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरेको छ ।

ट्रेजरी मन्त्री जोन ग्लेनले सोमबार लण्डस्थित एक कार्यक्रममा अर्थमन्त्री ऋषि सुनाकले सिक्कामा गोरखा अंकित गर्न चाहेकाले त्यसको तयारीमा रहेको बताए ।

हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीर अङ्कित सिक्का निकालिएको छैन । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मन्त्री ग्लेनले जनाए ।

रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार