सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते

  सगरमाथा अनलाईन

सल्लेरी । सोलुखुम्बुको सल्लेरीमा बोलेरो दुर्घटना हुँदा चालकसहित ६ जना यात्रुहरु घाईते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ५ र ६ को सिमानास्थित सडकबाट उकालोमा कुकुरलाई बचाउन खोज्दा बोलेरो खोल्सामा खसेर दुर्घटना भएको हो ।


प्रदेश नं ३-०१-०२४ च ८८७८ नंम्बरको बोलेरोमा एक चालक र ५ जना यात्रु थिए । बोलेरोमा सवार ६ जनाको उद्धार गरि जिल्ला अस्पताल फाप्लुमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

घाईते हुनेहरुमा चालक सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ७ का ३० वर्षिय विशाल खत्री, महाकुलुङ गाउँपालिका ३ की २१ वर्षिया सृष्टि राई, थुलुङ दुधकोशी गाउँपालिका ८ की ४८ वर्र्षिया संगितकला राई, महाकुलुङ गाउँपालिका १ की ६९ वर्षिया मनमाया राई, थुलुङ दुधकोशी गाउँपालिका ८ का २९ वर्षिय विजय राई र ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ३६ वर्षिय गुरुनिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुखले बताए ।

बोलेरो देउसाबाट यात्रु लिएर सल्लेरी बजारका लागि प्रस्थान गर्दै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार