सोताङमा १२ लाख नगद र २९ लाखको चेकसहित तास खेलिरहेका ४ पक्राउ !

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले नगद र चेक राखेर तास खेल्ने ४ जनालाई पक्राउ गरेको छ ।

सोताङ गाउँपालिका-५ गणेश राईको घरमा तास खेलिरहेको सूचना पाएर पुगेको प्रहरीले ४ जनालाई नगद १२ लाख र चेकको २९ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले राईको घरमा तास खेलिरहेका सोताङ गाउँपालिका-४ का ३७ वर्षीय दुर्गा प्रसाद राई, सोताङ गाउँपालिका-२ का ३४ वर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका-७ का २९ वर्षीय दिपक राई र ३२ वर्षीय फ्रेमराज खत्रीलाई पक्राउ गरेको प्रहरीलेले जनाएको छ ।

तासको खालबाट प्रहरीले नगद १४ लाख ६५ हजार र ३४ वर्षीय दुर्गा प्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरिएका ८ लाख रुपैयाँ लेखिएका ३ थान चेक र ५ लाख रुपैयाँ लेखिएको एकथान गरी चारवटा चेक समेत बरामद गरेको हो ।

उक्त चेकको रकम जोड्दा २९ लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुखले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार