कोरोना भाइरस : विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा संक्रमण !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३ सय २८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८ सय २६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १ सय २९ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २ सय ४० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७ सय ८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९ सय १९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९ सय ८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ९ सय जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३ सय ५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १ सय ९९ जनाको मृत्यु भएको छ । १७ हजार ३ सय १३ जना संक्रमित भएकोमा ११ हजार ५६ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार