इटालियन सिरि ‘ए’ मा एसी मिलानको सहज जीत

Facebook Debugger

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा सहज जीत निकालेको छ ।

बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४-१ को सहज जीत निकालेको हो ।

मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले २ गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।

घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले १ गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।

५२ औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८ औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८७ औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४-१ को जीत सुनिश्चित गराए ।

जीतसँगै शीर्ष ६ मा परेको मिलानले आउँदो सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार