कोरोना भाइरस : विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८० हजार ३ सय १८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४ सय ७५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ९ लाख २७ हजार १ सय ६० छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय २१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७ सय ६२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २ सय १ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १ सय ४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६ सय ५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६ सय १५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४ सय २ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ३ सय ६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६ सय २१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय १३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार