विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख २० हजार ५ सय ५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३ सय २८ छ । कुल संक्रमितका आधारमा निको हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४ सय ५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ४४ हजार ९ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय २९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार १ सय ९२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३ सय १९ जनाको मृत्यु भएको छ । २८ लाख ७१ हजार ८ सय ९० जना संक्रमित भएकोमा १७ लाख २९ हजार ७० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ५ सय ६५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख १५ हजार ३ सय २१ पुगेको छ । त्यसमध्ये २८ लाख ४२ हजार ६ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९६ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । ४२ लाख ९४ हजार ७ सय १ जना संक्रमित भएकोमा ३१ लाख ६७ हजार २ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४३ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । ४१ लाख ११ हजार ९ सय ७ जना संक्रमित भएकोमा २८ लाख १६ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ७ सय २६ जनाको ज्यान गएको छ भने ९ लाख ३१ हजार ७ सय ६४ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ८३ हजार ६ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय २२ जनाको मृत्यु भएको छ । १८ हजार ६ सय ४८ जना संक्रमित भएकोमा ११ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार