सांसद् प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण

Facebook Debugger

काठमाडौँ । पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,’ सांसद यादवले फेसबुकमा लेखेका छन् ।

कोरोना नियन्त्रणका लागि सीमामा आवतजावतमा रोक लगाउन पर्ने तथा वीरगञ्ज क्षेत्रमा ५ सय शैय्याको अस्पताल निर्माण गर्नुपर्ने उनले माग गरेका छन् ।

सुरक्षित रुपमा बस्न, विना मस्क घरबाट बाहिर ननिस्कन र सामाजिक दूरी कायम राख्न सबैमा आग्रह गर्दै आफू कोरोना मुक्त भएर जनाताको सेवामा चाडै फर्किने प्रतिबद्धतासमेत जनाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार