विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५ सय ६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८ सय ४९ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८ सय ५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ५ हजार ३ सय ८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५ सय ९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । २८ लाख ८५ हजार ५ सय ६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३ सय २ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १ सय ४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४ सय ११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६ सय ८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय २६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार