२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

करातेका २ प्रशिक्षक सामूहिक बलात्कार आरोपमा पक्राउ


१० श्रावण २०७९, मंगलबार  

0
Shares

विराटनगर । किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।

प्रहरीका अनुसार दुई महिना अघिदेखि किशोरी कलेज जान छाडेकी थिइन् । अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिक बलात्कारमा परेको र कलेजमा जानसक्ने अवस्थामा नभएको बताएपछि अभिभावकको सहयोगमा जाहेरी दिइएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ३५ बजे