ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा !

Facebook Debugger

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार उनीसमेत ३ सय ७५ जना ब्यारेक–ब्यारेकमै छन् । अहिले महाशाखामा पूर्णलकडाउन गरिएको छ ।

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३ सय ७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार