नारीहरुको चाड तिजलाई लक्षित झरी लाग्यो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । उक्त सङ्ग्रहमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको छ ।

सो सार्वजनिक ‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोल गीतको म्युजिक भिडियो युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । सो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङले स्वर दिएका छन् ।

सार्वजनिक लोक शैलीको ओजपूर्ण शब्द र भावमा वर्षाको समय र चाडपर्व ुतिजलाई मध्यनजर गरी गीतको रचना तथा म्यूजिक भिडियो निर्माण गरिएको गायक विपिनले बताए ।

सार्वजनिक ‘झम झम झरी लाग्यो’ गीतको सञ्जय श्रीपालले एरेन्ज, गरेका हुन् । सो म्यूजिक भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन् भने सुधीर श्रेष्ठ र अल्का सुवेदीले जिवन्त अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार