वार्ता तीन घण्टा ओली–प्रचण्डबीच,आ–आफ्नै अडान

Facebook Debugger

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । सो वार्तामा दुवै अध्यक्षद्धायको आ–आफ्नै अडानका कारण स्थायी कमिटि अनिश्चित ।

साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार