विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९ सय १ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ४ सय ६६ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८ सय १३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ४ सय ४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४ सय २० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४ सय ९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९ सय १ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १ सय ७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३ सय २४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९ सय २९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १ सय ८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३ सय ५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३ सय ८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय ३३ जनाको मृत्यु भएको छ । १९ हजार ७ सय ९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार