विश्वमा १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण !

Facebook Debugger

काठमाडौं । विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ९९ हजार ३ सय १२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८ सय ८३ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६ सय ६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ३ सय ६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८ सय १७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५९ जनाको मृत्यु भएको छ । २९ लाख २३ हजार ५ सय ९० जना संक्रमित भएकोमा १७ लाख ५५ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार ८ सय २० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५७ लाख ९ हजार २ सय ३३ पुगेको छ । त्यसमध्ये २९ लाख ८९ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६ सय ७९ जनाको मृत्यु भएको छ । ४५ लाख २३ हजार ३ सय ५१ जना संक्रमित भएकोमा ३३ लाख ५७ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४८ हजार ३ सय २७ जनाको मृत्यु भएको छ । ४२ लाख ८५ हजार ५ सय ९४ जना संक्रमित भएकोमा २९ लाख १७ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ६ सय ७१ जनाको ज्यान गएको छ भने ९ लाख ७२ हजार २ सय ८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ३२ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय ४६ जनाको मृत्यु भएको छ । २० हजार १ सय ७ जना संक्रमित भएकोमा १२ हजार २ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार