८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

छैठौं बाँसुरी दिवस,श्रीकृष्णले बाँसुरी बजाउँन आदिवासीबाट सिकेका हुन् : डा.भक्त राई


१५ श्रावण २०७९, आइतबार  

49
Shares

काठमाडौं । साउन १५ गते नेपाली परम्परागत संस्कृति मूल्य मान्यता अनुसार खिर पकाएर खाने पर्वको रुपमा माइन्छ । यहि साउँन १५ गते अर्थाथ साउँन् पन्ध्रलाई वाम्बुले राई समुदायले बाँसुरी दिवसको रुपमा मनाउँदै आइरहेका छन् ।
वाम्बुले राई समुदायमा बजाइने मौलिक लोक भाका बाँसुरीको संरक्षण गर्ने तर्फ वाम्बुले राई समाज तत्पर रहँदै आएको छ । वाम्बुले राईको मौलिक परम्परागत बाँसुरी भाका समुदायको विकास उदयकाल देखि बजाउँदै आएका हुन् । सो बाँसुरी भाकाको लोप नहोस् भन्ने हेतुले वाम्बुले राई समाजले बाँसुरी दिवस मानउने गरेको वाम्रासका उपाध्यक्ष गणेश राइले बताए ।
सो वाम्बुले राई समुदाय वा जातिले बजाउँने बाँसुरीको भाका अन्य जाति वा समुदायले बजाउँने भन्दा केहि फरक रहेको  विज्ञहरुको तर्क छ ।
वाम्बुले राई समाजले आयोजना गरेको छैठौं बाँसु्री दिवस कार्यक्रमका प्रमुख अतिथि लोकवार्ता विज्ञ डा.भक्त राईले ,सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँसुरी बजाउँन श्रीकृष्णले पनि आदिवासीबाट सिकेका हुन् । मौलिक परम्परागत लोक वाजाहरु बजाउँन सुरुवात गर्ने आदिवासीहरु हुन् ।
यिनै आदिवासी समुदायबाट नै सिकेर अन्य जाति र समुददायले पनि बाजा बजाउँन थालेका हुन् डा. भक्त राईले भने ।
वाम्बुले राई जातिले बजाउँने जो लय छ, यसको संरक्षण र प्रवद्र्धमन गर्ने तर्फ सम्बन्धित जाति,समुदाय साथै नेपाल सरकारको पनि ध्यान केन्दि«त हुन जरुरी छ । वाम्बुले राइको महत्वपूर्ण परम्परागत मौलिक भाका बाँसुरी बजाउँने जुन लय छ ।


जसको संरक्षण गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय समक्ष विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।
सो कार्यक्रममा् वाम्बुले राई समाजका उपाध्यक्ष, सञ्चारकर्मी गणेश राईले,वाम्बुले राई र मौलिक बाजा बाँसुरी यसको बजाउँने समय,वाम्बुले राईहरुको उद्गम स्थल र हाल कहाँ कति देशमा बसोबास् रहेको भन्ने सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वाम्बुले राई समाजका अध्यक्ष,नेपाल टेलिभिजन इटहरीका प्रमुख गजुरधन राई बाँसुरी दिवस कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थितलाई सम्बोधन गर्दै वाम्बुले राई को मौलिक भेष भूषा, लोक बाजा,भाका र जातीय संस्कार संस्कृतिको संरक्षण गर्न वाम्बुले राई समाज वाम्रास सदा सर्वदा तत्पर रहने छ, भन्ने तर्क राखे । वाम्बुले राई कलाकारहरुले बाँसुरीसँगै मिठो गीत गाएर कार्यक्रममा उपस्थितलाई रमाइलो अनुभूत गराए ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ०६ बजे