आज देशभर सामान्य वर्षा, शनिबारदेखि लगातार झरी पर्ने पूर्वानुमान

Facebook Debugger

काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ ।

त्यसैको प्रभावस्वरूप अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो पनि सबै प्रदेशमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

शनिबारदेखि लगातार झरी

मौसमविद्का अनुसार शनिबारबाट झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको तथा आइतबार धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको उनले जनाएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार