भारतमा २४ घण्टामा थपिए अहिलेसम्मकै बढी ६२ हजार कोरोना संक्रमित !

Facebook Debugger

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा थप ६२ हजार १ सय ७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३ सय ८७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार