विश्वभर कोरोनाबाट १ करोड ९२ लाखभन्दा बढीमा संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट १ करोड ९२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २ सय ५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार २ सय ६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५ सय ४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २ सय ३२ जनाको मृत्यु भएको छ । २९ लाख ८२ हजार ५ सय ७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३ सय ४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५ हजार २ सय ६० जनाको मृत्यु भएको छ । ४७ लाख ७४ हजार ३ सय २ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६ सय ९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २ सय ६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार १ सय १४ जनाको ज्यान गएको छ भने १० लाख ११ हजार ८ सय ६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६ सय २० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २ सय ८१ जनाको मृत्यु भएको छ । २१ हजार ७ सय ३५ जना संक्रमित भएकोमा १२ हजार ६ सय २० जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार