सिरहाका २१ वर्षीय युवाको कोरोनाबाट मृत्यु !

Facebook Debugger

सिरहा । सिरहाका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षिय युवाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनका अधिकारीले पुष्टि गरेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।

प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।

उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको प्रजिअ कणेलले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार