टानको अध्यक्षमा उम्मेदवार बास्तोलालाई समर्थन गरेः उपाध्यक्ष कार्की

  सगरमाथा अनलाईन
539 Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले अध्यक्ष पदको उम्मेदवारमा नीलहरी बास्तोलाई समर्थन गरेका छन् ।

टानको वर्तमान प्रथम उपाध्यक्ष कार्कीले पनि अध्यक्षमा दावी गर्दै आएका थिए, तर, लोकतन्त्रवादी पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने भएकाले कार्कीले बास्तोलालाई समर्थन र सहयोग गरेका हुन् । ‘अग्रज पर्यटन व्यवसायीहरुसँगको संयुक्त छलफलमा प्राप्त सुझाव र सल्लाहलाई शीरोपर गर्दै यसपट मैले नीलहरी बास्तोला दाईलाई सहयोग गरेर जाने निर्णय गरे ।’ प्रथम उपाध्यक्ष कार्कीले भने, ‘एक शसक्त, अनुभवी, जुझारु पर्यटन व्यवसायी नीलहरी बास्तोला र उहाँको प्यानललाई अमूल्य मत दिई विजयी गराईदिन हुन अनुरोध गर्दछु ।’

टानको निर्वाचन यही साउन ३० गते सोमबारका दिन हुँदैछ । पर्वतीय पर्यटन व्यवसायीहरुको एक मात्र छाता संगठन टानको कार्यकाल २ वर्षको हुनेछ । तर, विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण टानको निर्वाचन रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार