सोलुखुम्बुको चोकर्मा (सेतोपोखरी) हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ ।

चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।

‘अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो । पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, मेयर शेर्पाले भने ।

तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।

पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने उनको भनाई बताए ।

‘आज मसहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ । हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने ।

चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ । सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार