हत्या गरिएका व्यक्तिको टाउको कुकुरले पत्तालाए

Facebook Debugger

काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे ।

फाईल तस्बिर

उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु कहाँ पुग्यो ।

जघन्य अपराधको संकेत पाएका ज्ञवाली र थापा आफैं घटनास्थलमा खटिए । फरेन्सिक विज्ञ र केन्द्रीय प्रहरी तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाइयो । त्यतिञ्जेलसम्म सुटकेश खोलिएको थिएन ।

तर, सुटकेशमा शव भएको कुरामा कुनै द्विविधा थिएन । ‘कुकुरलाई सुँघाएर अनुसन्धान गर्न सजिलो होस् भनेर हामीले सुटकेश खोल्न हतार गरेनौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सबै टोली पुगेपछि खोल्दा सुटकेशमा टाउको र खुट्टाविनाको शव भेटियो ।’

सुटकेशभित्रको शव अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको भएको चिकित्सकले अनुमान गरेका छन् । तर, टाउको नभेटिइ अनुसन्धानलाई अघि बढाउन गाह्रो थियो ।

शवको अन्य भाग कहाँ गयो त रु यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुरको सहारा लियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाट खरिद गरि ल्याएको हो ।

सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो । ‘झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘टाउको भेटिएसँगै अनुसन्धान एक चरण अघि बढेको छ, टाउको नभएको भए, सनाखत गर्नै धौधौ पर्थ्यो ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार