विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारको मृत्यु !

Facebook Debugger

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको ७ महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।

कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ३ सय २६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकै दिन २ लाख १९ हजार ३ सय ५३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सय ८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५ सय ९२ पुगेको छ ।

१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १ सय ३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९ सय ९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५ सय ७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६ सय जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७ सय ४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४ सय ४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ४ सय ८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८ सय २१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४ सय १२ जनाको मृत्यु भएको छ । २२ हजार ९ सय ८६ जना संक्रमित भएकोमा १३ हजार २ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार