होल्डिङ सेन्टरमा राखिए २९ जनालाई भेट्न पुगे,कांग्रेस नेता रामहरि खतिवडा

Facebook Debugger

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित हर्कपुर मावि,हर्कपुरमा होल्डिङ सेन्टरमा राखिएका २९ जना बिदेशबाट आएकाहरुलाई भेट्न पुगेका छन् ।

सो भेटमा खतिवडाले क्वारेन्टाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नरहेको भन्दै आफै सुरक्षित रहेर बस्न आग्रह गरे । उनले भने, ‘मेरो भगवानसँग प्रार्थना छ, कसैमा कोरोना नदेखियोस ।’

नेता खतिवडालाई देखेर सबैजना खुशी हुँदै अहिलेसम्म कोही भेट्न नआएको बताए । ‘छ दिन भैसक्यो अहिलेसम्म हाम्रो पिसिआर टेस्ट समेत भएको छैन, होल्डिङ सेन्टरमा रहेकाहरुले भने, काठमाडौबाट ओखलढुंगा आउनलाई हरेक ब्यक्तिसंग ५५०० लिए ।’

खतिवडाले तुरुन्त सिडिओसँग फोन सम्पर्क गर्दै पिसिआरको बारेमा जानकारी लिए । सिडिओले बेलुकासम्ममा सबैको स्वाव संकलन गरी विराटनगर पठाउने निर्णय भएको जनाकारी गराए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार