सेमी लकडाउनुका लागि महत्वपूर्ण निर्णय गर्ने तयारी ,मन्त्रिपरिषद् बैठक बस्दै

Facebook Debugger

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ुसेमी लकडाउनुका लागि महत्वपूर्ण निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन सेन्टर ९सिसिएमसी०ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो ।

भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सिसिएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

यस अघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते देखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि असोजपछि मात्र सञ्चालन गर्नेगरी सरकारले तयारी थालेको छ । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५र१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको छ ।

आजको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्नेछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार