कांग्रेस केन्द्रीय विभागमा सोलुखुम्बुका ६ जना मनोनित

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेस विधान २०१७ को धारा २५(९) बमोजिम मनोनित गरेका हुन् ।

उद्योग व्यापार विभागको सदस्यमा नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीलाई मनोनित गरिएको छ । चिनकाजी श्रेष्ठ प्रमुख रहेको उद्योग व्यापार विभागको सदस्यमा नेता कार्कीलाई मनोनित गरिएको हो ।

आदिवासी जनजाति विभागको सदस्यमा सूर्यबहादुर कुलुङ राई र आङछिरिङ शेर्पालाई मनोनित गरिएको छ । सीता गुरुङ प्रमुख रहेको आदिवासी जनजाति विभागमा नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’ सभापति राई र पर्यटन व्यवसायी शेर्पालाई मनोनित गरिएको हो ।

त्यसैगरी वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा कर्मा शेर्पा मनोनित भएका छन् । अम्विका बस्नेत प्रमुख रहेको वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ सभापति शेर्पालाई सदस्यमा मनोनित गरिएको हो ।

स्थानीय तह समन्वय विभागको सदस्यमा गणेष बस्नेत मनोनित भएका छन् । अर्जुनप्रसाद जोसी प्रमुख रहेको स्थानीय तह समन्वय विभागमा नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता बस्नेतलाई मनोनित गरिएको हो ।

राज्य प्रशासन विभागमा रोशनबाबु थुलुङ मनोनित भएका छन् । केशवकुमार बुढाथोकी प्रमुख रहेको राज्य प्रशासन विभागमा नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता थुलुङलाई मनोनित गरिएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार