इन्धनको मूल्य घट्दैन आयल निगम

0 Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको थानीले बताए । उनका अनुसार भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार