कांग्रेस सोलुखुम्बुको प्रदेश निर्वाचन क्षेत्र बैठक काठमाडौंमा

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र ‘ख’ कार्य समितिका सभापति एवं जिल्ला उपसभापति प्रेमबहादुर थापामगरको सभापतित्वमा बैठक बसेको छ ।

जिल्लामा नयाँ संरचना अनुसार समायोजन र केन्द्रीय निर्वाचन समितिको निर्णयपछिको पहिलो बैठक आज काठमाडौमा बसेको हो । पार्टी कामको सिलसिलामा केही दिन अगाडि सोलुखुम्बु जिल्ला सभापति विनोद बस्नेतलगायतको साथमा काठमाडौ आउनु भएको अवसर पारेर उपत्यकामा उपलब्ध हुनुभएका समितिका पदेन सदस्यहरुसँग बैठक बसेको नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता वेदप्रसाद वनले जानकारी दिए ।

बैठकमा समसामयिक विकसित राजनीतिक घटनाक्रमका साथै आगामी कार्यक्रमका विषयहरुमा छलफल समेत भएको थियो । कोभिड-१९ को कहरले पारेको असर र आउदै गरेको १४ औं महाधिवेशनको बारेमा पनि छलफल गरिएको नेता वनले बताए ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव एवं प्रदेश ‘क’ का सभापति धनजन राई, महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की, जयप्रसाद राई, महाधिवेशन प्रतिनिधि कुशाङ शेर्पा, खुम्बुपासाङ ल्हमु गाउँ पालिका अध्यक्ष प्रत्यासी चुङ्बा शेर्पा, जिल्ला सह–सचिव कुशराज राई, सदस्यहरु मानबहादुर राई, युवराज घिमिरे, दिप (हस्तबहादुर) थापामगर, ढलबहादुर मगर, नेपाल तामाङ संघ सोलुखुम्बु जिल्ला सभापति धर्मबहादुर तामाङ, त्रिलोकसिंह राई, तेजनारायण श्रेष्ठ, जीवन गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार