महाराजगञ्जमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

Facebook Debugger

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत २ जना नर्समा कोरोना पुष्टि भएको छ । दुई नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड संयोजक डा।सन्तकुमार दासले जनरल वार्डमा कार्यरत दुई नर्समा कोरोना संक्रमण पाइएको जानकारी दिएका छन् । उनका अनुसार ती दुबैजना नर्सको स्वास्थ्य अवस्था सामान्य छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको स्वाब परीक्षण जारी राखिएको डा। दासले जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार