टान अध्यक्षमा निलहरि बास्तोला निर्वाचित

  सगरमाथा अनलाईन
112 Shares

काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन् ।

पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै विजयी भएका हुन् ।

बास्तोलाको एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनले एसियन हेरिटेज फाउन्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका हुन् ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार