सभापति बस्नेतले जन्मदिनमा ६० अनाथलाई खाना खुवाए

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले ६० भन्दा बढि अनाथ बालबालिकाहरुलाई खाना खुवाएका छन् ।

जन्मदिनको अवसरमा सभापति बस्नेतले सिफल काठमाडौंस्थित बाल संरक्षक गृहका ६० भन्दा बढि अनाथ बालबालिकाहरुलाई बिहानको एक छाक खाना खुवाएका हुन् । उनले विगत ५ वर्षदेखि प्रत्येक वर्ष जन्मदिनको अवसर पारेर अनाथ बालबालिकाहरुलाई खाना खुवाउने गरेका छन् ।

‘आफ्नो जन्मदिन धुमधामसँग आफन्तहरुसँग मनाउनुभन्दा दुःखमा परेका अनाथ बालबालिकाहरुलाई आफूले सकेको सहयोग गरेर मनाउँदा छुट्टै आनन्द आउँदो रहेछ,’ सभापति बस्नेतले भने, ‘जति सकिन्छ दुःखमा परेकाहरुलाई सहयोग गर्नुनै सबैभन्दा ठूलो मानविय धर्म हो ।’

सभापति बस्नेतले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण उपत्यकामा अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु सहयोग गरेका थिए । उनको व्यत्तिगत पहलमा उपत्यकामा करिब १ हजार १ सयभन्दा बढिलाई चामल, दाल, नुन र तेल दिएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार