कोरोना संक्रमण बढेपछि आजबाट देशभर सवारी पास बन्द !

Facebook Debugger

काठमाडौँ । कोरोना संक्रमण बढेपछि सरकारले आजबाट देशभर अनिश्चितकाललाई सवारी पास बन्द गरको छ ।

सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट सवारी पास नदिन निर्देशन दिएको हो ।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएका सवारी पास आज (बिहीबार) बाट नदिन गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो ।

सवारी पास बन्द भएसँगै पासको दूरूपयोग गरि हिड्ने क्रम रोकिने र काठमाडौँ उपत्यकामा भित्रिने सवारीसाधन कम हुने सरकारी आकलन छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार