कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिको १ वर्षे समिक्षा बैठक सम्पन्न

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको १ वर्षे समिक्षा बैठक सम्पन्न भएको छ ।

सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको नेतृत्वमा गठन भएको कार्यसमितिले १ वर्षभित्र गरेका विभिन्न कार्ययोजनाको साथै आउने दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा व्यापक छलफल गरिएको हो । यसको साथै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण जिल्लाबासीलाई परेको समस्याको बारेमा पनि छलफल भएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

पछिल्लो समयमा मौलाउदै गएको भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले आगामि कार्ययोजना कसरी बनाउने भन्ने बारेमा समेत उपस्थित नेताहरुले आफ्नो धारणा राखेका थिए । साथै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको भावि रणनीति र क्रियाशील सदस्य र जिल्लाको समग्र समसामयिक विषयहरु लगायतका बारेमा छलफल भएको सभापति बस्नेतले बताए ।

समीक्षा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, जिल्ला सभापति विनोद बस्नेत, महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की, जयप्रसाद राई, शम्भुहरी बास्तोला, जिल्ला सचिव एवं प्रदेश ‘क’का सभापति धनजन राई, प्रदेश ‘ख’का सभापति एवं जिल्ला उपसभापति प्रेमबहादुर थापामगर, महाधिवेशन प्रतिनिधी एवं तरुण दल जिल्ला सभापति अशोक झा, जिल्लास्तरीय नेता चुङ्बा शेर्पा, वेदप्रसाद वन, चोलेन्द्र कार्की, नविन कार्की, नेविसंघ सोलुका सभापति अश्मिनबाबु थापा लगायत सम्पर्क समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । समीक्षा बैठक सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको अध्यक्षतामा सञ्चालन भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार