पछिल्लो २४ घन्टा भित्र उपत्यकामा १२७ जनामा कोरोना भाइरसको संक्रमण

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा १ सय ११, भक्तपुरमा ५ जना र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ सय २५ जनासहित देशभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् भने ९५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार