जोनको ‘समर्पण’ पपगीतको म्यूजिक भिडियो सार्वजनिक

Facebook Debugger

काठमाडौं । गायक तथा कम्पोजर जोन राईको नेपाली पपगीत ‘समर्पण’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सङ्स नेपालको अफिसियल युट्युब च्यानलबाट गायक राईको सेन्टिमेन्टल पपगीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रवासी भूमिमा रहेर पनि गायक राईले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो स्थान खोजिरहेका छन् । गायक राई बेलायतमा बस्दै आएका छन् ।

गीतमा प्रेमिल जोडिको प्रेमको वर्णन गरिएको छ । प्रेमिकाको निधनपछि पनि प्रेमिले उसको यादमा सम्झिएको क्षण र देखाएको सच्चा मायाको कदरलाई सचित्र अभिनयद्धारा देखाइएको छ ।
म्यूजिक भिडियोमा प्रज्वल गुरुङ र आरती लिम्बुले दमदार अभिनय गरेका छन् । शब्द, कम्पोजिसन र आवाज गायक राईकै रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार