पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

Facebook Debugger

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले मोरङ र सिरहामा एक एक जना तथा बारामा दुईजनाको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ९४ जनासहित देशभर संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको बताए । संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार