भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, ४९ हजारको मृत्यु !

Facebook Debugger

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २ सय २२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५ सय ३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १ सय ३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार