साहित्यकार दुर्गा रुम्दालीको नाट्यकृति ‘कक्तिसाला’ सार्वजनिक

Facebook Debugger

काठमाडौं । साहित्यकार तथा समाजसेवी दुर्गा बाहिङ रुम्दाली दुङमोचाको नाट्यकृति ‘कक्तिसाला’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर बाहिङको प्रमुख आतिथ्यतामा साहित्यकार रुम्दालीको नाट्यकृति ‘कक्तिसाला’को सार्वजनिक गरिएको हो । बाहिङ किरात समुदायको आदिम पूर्खाको रुपमा चिनिने कक्तिसालाले परापूर्वकालमा गरेका गतिविधिहरुको बारेमा नाट्यकृतिमा वर्णन गरिएको छ ।

बाहिङ किरात समुदायमा कक्तिसालालाई सृष्टिकालिन कृषियुगका आदिम पिताको रुपमा पनि चिनिन्छ । अहिले बाहिङ समुदायले मनाउँदै आएको सबैभन्दा ठूलो पितृकार्य सेक्रो, हङ उनै कक्तिसालाले सुरुवात गरेका थिए ।

‘कक्तिसाला’ नाट्यकृतिमा ५७ वटा दृष्य (भाग) रहेको छ । नाटकमा कक्तिसाला, जाउमो, ख्लिउमो र चाम्पियुङमाको जीवन संघर्षको बारेमा वर्णन गरिएको छ । नाट्यकृति बाहिङ भाषामा लेखिएको छ । साहित्यकार रुम्दालीको यो तेस्रो कृति हो । उनले ‘माटोको यादमा’ कविता संग्रह र ‘अम्बिरी’ बाहिङ भाषाको कविता संग्रह प्रकाशित भैसकेका छन् ।

नाट्यकृति सार्वजनिक कार्यक्रममा बाहिङ किरात मुलुखिमका अध्यक्ष भूपराज बाहिङ, उपाध्यक्ष ईमानसिं बाहिङ, महासचिव धिरेन बाहिङ, सचिव देवकुमार बाहिङ, साहित्यकार दुर्गा रुम्दाली बाहिङलगायतको उपस्थिति रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार