मन्त्रिमण्डल पुनर्गठनको तयारी

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच मन्त्रिमण्डल पुनर्गठनका लागि तयार भएका छन् ।

अध्यक्षद्वयबीच मन्त्रिमण्डलका सदस्य परिवर्तनका विषयमा सहमति जुटेको स्रोतको दावी छ । त्यसका लागि भोलि बिहान बस्ने सचिवालय बैठकमा औपचारिक संवाद सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच कार्यदलको प्रतिवेदन आएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने वा एक हप्तापछि गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । दुई वर्ष पुगेका सबैजना परिवर्तन गर्ने वा प्राथमिकताका आधारमा कम्तिमा १० जना परिवर्तन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीकोरुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशु र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।

शक्ति सन्तुलनका लागि केही मुख्यमन्त्री परिवर्तन गर्नेगरी गृहकार्य सुरु भएको छ । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार