संगीता रानाको ‘जुन माग्यो’ आधुनिक गीत सार्वजनिक

Facebook Debugger

काठमाडौं । गायिका संगीता राना प्रधानको आवाजमा रहेको आधुनिक गीत ‘जुन माग्यो’ सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार पविधन खालिङको युट्युब च्यानलबाट गायिका रानाको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमिल जोडिको माया प्रेमको बारेमा वर्णन गरिएको छ । प्रेमिकाले प्रेमीलाई आफूसँग भएको सबै कुरा रित्याएर दिएको भाव गीतमा झल्किएको छ ।

गीतमा नरदेवी राईको शब्दरचना तथा चर्चित गायक एवं संगीतकार पविधन खालिङको संगीत रहेको छ । सचिन सिंहले एरेञ्ज गरेका छन् ।

म्यूजिक भिडियोमा अञ्जना राई र बविन राईले अभिनय गरेका छन् । भिडियोलाई धन खालिङ र हरिवल राईले निर्देशन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार