सभापति बस्नेतले दिए सामुदायिक भवन निर्माणका लागि १ लाख ३० हजार

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सामुदायिक भवन निर्मार्णार्थ १ लाख ३० हजार रुपीयाँ आर्थिक सहयोग गरेका छन् ।

सभापति बस्नेतले काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा बन्न लागेको सामुदायिक भवन निर्माणको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन् ।

‘मेरो जन्मभूमी सोलुखुम्बु भएपनि आफूले सकेको सहयोग कर्मभूमीमा पनि गर्नुपर्छ भनेर मैले बन्न लागेको सामुदायिक भवनको लागि आर्थिक सहयोग गरेको हुँ,’ बस्नेतले भने, ‘जन्मभूमीमा हुर्किए पनि कर्मभूमीले मलाई बाँच्न, जीवन जिउन र असहायहरुलाई सहयोग गर्न अग्रसर गरायो ।’

सभापति बस्नेतको पहलमा कोरोना भाइरस (कोभिड–१९)बाट अति समस्यामा परेका १ हजार १ सयभन्दा बढि दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए ।

यो पनि पढ्नुहोस:

सभापति बस्नेतले जन्मदिनमा ६० अनाथलाई खाना खुवाए 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार