कोरोनाबाट विश्वभर २ करोड १८ लाखभन्दा बढी संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

एकैदिन २ लाख १२ हजार १ सय ९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १ सय ५९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ५ सय २५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ९ सय ६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार १ सय २४ जनाको मृत्यु भएको छ । ३१ लाख ६५ हजार २ सय ६३ जना संक्रमित भएकोमा १९ लाख १० हजार ५ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४७ हजार ५ सय २१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख ६५ हजार २ सय ३४ पुगेको छ । त्यसमध्ये ३५ लाख ८५ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २० हजार १ सय ४८ जनाको मृत्यु भएको छ । ५६ लाख ५९ हजार ७ सय ९४ जना संक्रमित भएकोमा ४३ लाख ८७ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७६ हजार ६५ जनाको मृत्यु भएको छ । ५२ लाख ८२ हजार ९ सय ९० जना संक्रमित भएकोमा ३८ लाख १८ हजार ६ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ६ सय ७० जनाको ज्यान गएको छ भने ११ लाख २२ हजार ७ सय ८ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ३८ हजार ४ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४ सय २२ जनाको मृत्यु भएको छ । २५ हजार ४ सय ४९ जना संक्रमित भएकोमा १५ हजार ३ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार