रुम्दालीले दिए मुलुखिमलाई कोक्तिसालाको स्केच

Facebook Debugger

काठमाडौं । साहित्यकार तथा चित्रकार दुर्गा रुम्दालीले बाहिङ किरात समुदायको सृष्टिकालीन, कृषियुगका आदिम पिता कोक्तिसाला (कक्तिसाला)को स्केच (तस्वीर) बाहिङ किरात मुलुखिमलाई प्रदान गरेका छन् ।

बाहिङ किरात समुदायले सृष्टिकर्ता पिताको रुपमा मान्दै आएको कोक्तिसालाको स्केच रुम्दाली आफैले बनाएर मुलुखिमका अध्यक्ष भूपराज बाहिङलाई प्रदान गरेका हुन् । काठमाडौंमा भएको एक कार्यक्रमबीच रुम्दालीले कोक्तिसालाको साथै लोरो सारी अन्तर्गत ठूलो पितृकार्यमा प्रयोग हुने चुःरी र खःसीको स्केच समेत प्रदान गरेका छन् ।

बाहिङ समुदायको पहिलो युग पुरुष कोक्तिसाला र लोरो सारी अन्तर्गत ठूलो पितृकार्य गर्दा दलानको माथि राखिने चुःरी र खःसीको स्केच पहिल्यै बनाएको भएपनि बल्ल मुलुखिमलाई प्रदान गर्ने अवसर जुरेको रुम्दालीले बताए । ‘हामीले हाम्रो संस्कार, संस्कृतिको चित्र (स्केच) पनि बनाउँदै जानु पर्दछ,’ रुम्दालीले भने, ‘प्रष्ट रुपमा हाम्रो आदिम पूर्खाहरु यस्तै थिए भन्ने एकिन नभए पनि मुन्धुमी कथाका अनुसार मैले बनाउने प्रयास गरेको छु । यसमा तपाईहरुको सल्लाह, सुझाव आवश्यकता छ ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर बाहिङ, बाहिङ किरात मुलुखिमका अध्यक्ष भूपराज बाहिङ, उपाध्यक्ष ईमानसिं बाहिङ, महासचिव धिरेन बाहिङ, सचिव देवकुमार बाहिङ, केन्द्रीय सदस्य चुमबहादुर बाहिङ, बाहिङ यूवा र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार