मिन श्रेष्ठको म्यूजिक भिडियो ‘स्वतन्त्रता’ सार्वजनिक

  सगरमाथा अनलाईन
525 Shares

काठमाडौं । गायक मिन श्रेष्ठको आवाजमा रहेको ‘यहाँ हर बालकहरुमा सुनौला सपनाहरु लुकेका छन्’ भन्ने बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक श्रेष्ठकै युटुब च्यालन मिन श्रेष्ठबाट सन्देसमूलक म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । बालबालिकाहरुलाई शिक्षाको ज्योतिबाट बञ्चित गरिनु हुँदैन भन्ने गीतले सन्देश दिएको छ । हरेक बालबालिकाहरुले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारलाई पनि गीत मार्फत उजागर गरिएको छ ।

बालबालिकाको सुनौलो सपनामा सबैले साथ दिनु पर्ने गीत मार्फत भनिएको छ । आमाबाबु बिहिन बालबालिकाहरुको पिडालाई गीत मार्फत देखाउन खोजिएको छ ।

गीतमा मिन श्रेष्ठ र अर्णव मानन्धरको आवाज रहेको छ । म्यूजिक भिडियोमा रबि चौधरी, अञ्जु पोखरेल, सुस्मिता खत्री, नयनजंग थापा र अनमोल लामाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार